राष्ट्रिय
चोरीको मोटरसाइकलसहित रौतहटका युवक भारतमा पक्राउ

रौतहट २७ असोज । भारतको झरौखर प्रहरीले सैनिक रोडबाट चोरीको मोटरसाइकलसहित रौतहटका एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका–१ निवासी रामबाबु राय यादवका छोरा गजेन्द्र यादव रहेको बताइएको छ। भारतीय प्रहरीका अनुसार, चोरीको मोटरसाइकलसहित नियन्त्रणमा लिइएका यादवले उक्त मोटरसाइकल बिक्री गर्ने व्यक्तिका रूपमा कटहरिया नगरपालिका–३, बिर्ती पस्टोका निवासी सुरज यादवको नाम खुलाएका छन्। प्रहरीले बरामद गरेको मोटरसाइकल कहाँबाट चोरी भएको हो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ। साथै, मोटरसाइकल चोरी तथा बिक्रीमा अन्य व्यक्तिको संलग्नता रहे–नरहेको विषयमा समेत अनुसन्धान भइरहेको जनाइएको छ। घटनाबारे भारतीय प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। अनुसन्धानपछि मोटरसाइकल चोरीको वास्तविक घटना र संलग्न व्यक्तिहरूबारे थप विवरण खुल्ने अपेक्षा गरिएको छ।

केवाइसी अपडेटको बहानामा ५० लाख ठगी, तीनजना पकाउ
सञ्जय कार्की रौतहट, २६ असोज । बैंक तथा डिजिटल वालेटको केवाइसी अपडेट गर्ने बहानामा सर्वसाधारणको बैंक खाताबाट करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा

नेपालमा एआई साक्षरता पाइलट कार्यक्रम सम्पन्न: प्रविधिमा नागरिक पहुँच र एजेन्सी बढाउन जोड
बिबेक चौधरी असोज २५, चन्द्रपुर रौतहट नेपालमा कृत्रिम बौद्धिकता (एआई) को जिम्मेवार, व्यावहारिक र समावेशी प्रयोग प्रवर्द्धन गर्ने

मल्हेनिया माई सामुदायिक वन उपयोक्ता समुहको साधारण सभा सम्पन्न
रौतहट, असोज २४ । रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित मल्हेनिया माई सामुदायिक वन उपभोक्ता समूहको ९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले







प्रतिकृया दिनुहोस