राष्ट्रिय
महाकाली नदीको झोलुङ्गे पुल भाँचिएपछि आवतजावत अवरुद्ध

कञ्चनपुर, १४ असोज । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ स्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुल भाँचिएपछि आवतजावत अवरुद्ध भएको छ। दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने उक्त पुलको दोधारातर्फ करिब ५/६ मिटर भाग माथि उठेपछि आवतजावतमा समस्या भएको थियो। त्यसपछि पुलको पिल्लरसमेत भत्किँदा पुलको संरचना क्षतिग्रस्त भई आवतजावत पूर्णरूपमा अवरुद्ध भएको जनाइएको छ। पुल भाँचिएपछि स्थानीय बासिन्दा तथा यात्रुलाई आवतजावतमा कठिनाइ भएको छ। क्षतिग्रस्त पुलको मर्मतका लागि सम्बन्धित निकायबाट पहल भइरहेको जनाइएको छ।
..jpeg&h=200&w=220)
लालबकैया खोलाबाट महिलाको जीवित उद्धार
रौतहट, १३ असोज । रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया खोलाबाट एक महिलाको जीवित उद्धार गरिएको छ। जिल्ला माधवनारायण नगरपालिका–१ दिपहीटोल

सलेमपुरबाट दुई थान कटुवा पेस्तोलसहित एक जना पक्राउ
बारा, १२ असोज । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–२ सलेमपुरबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र पाँच राउण्ड गोलीसहित एक जनालाई नियन्त्रणमा

चन्द्रपुर नगरपालिकामा रेबिजविरुद्ध सचेतना र्याली तथा विशेष कार्यक्रम सम्पन्न
बिबेक चाैधरी चन्द्रपुर, असोज १२ रेबिज रोग नियन्त्रण तथा रोकथामका लागि जनचेतना फैलाउने उद्देश्यले चन्द्रपुर नगरपालिका, पशु सेवा शाखाको आयोजनामा



..jpeg&h=90&w=100)





प्रतिकृया दिनुहोस