ताजा खबर

स्थानीय

मंगलबार, असोज १३, २०८३

प्रसव पीडित महिलाको ज्यान जोगाउन रक्तदान गरेर गोलेले गरे सहयोग 

SITENAME

रौतहट १३ असोज 
रौतहटको चन्द्रपुरमा प्रसव पीडाका कारण उपचाररत एक महिलालाई आवश्यक रक्तको अभाव भएपछि गुुञ्जन एफएम १०५.३ मेगाहर्जका सहायक स्टेशन म्यानेजर उपेन्द्र गोले तामाङले रक्तदान गर्नुभएको छ । चन्द्रपुर नगरपालिका–३ चिसापानीकी छोइसाल माया तामाङ प्रसव पीडापछि चन्द्रपुर हस्पिटल प्रा.लि.मा उपचाररत हुनुहुन्थ्यो । उपचारका क्रममा उहाँलाई बी पोजेटिभ (B Positive) रगत आवश्यक परे पनि तत्काल रगत उपलब्ध हुन नसक्दा समस्या भएको थियो । बिरामीको रक्तचाप समेत बढेको अवस्थामा रगतको अभाव भएपछि परिवार तथा आफन्तले रक्तदाताको खोजी गरेका थिए । त्यसक्रममा चन्द्रपुर–३ गैडाटार निवासी उपेन्द्र गोले तामाङले अस्पताल पुगेर आवश्यक रगतदान गर्नुभएको हो । रगत उपलब्ध भएपछि बिरामीलाई समयमै उपचार गर्न सहज भएको अस्पतालले जनाएको छ । चिकित्सक डा. सुवास कुमार चौधरीका अनुसार समयमै रगत प्राप्त भएपछि बिरामीको अवस्था अहिले सामान्य रहेको छ ।

सहायक स्टेशन म्यानेजर तामाङ लामो समयदेखि सामाजिक तथा मानवीय सेवाका विभिन्न गतिविधिमा सक्रिय रहँदै आउनु भएको छ । उहाँले आवश्यक परेको समयमा रक्तदान लगायतका सामाजिक कार्यमा सहभागी हुँदै आउनु भएको छ । समयमै गरिएको रक्तदानले प्रसव पीडामा रहेकी महिलाको उपचारमा सहयोग पुगेको भन्दै तामाङको कार्यको प्रशंसा गरिएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

रौतहट बचत तथा ऋण सहकारी संघको ३० औँ स्थापना दिवस सम्पन्न

रौतहट  १२ असोज  रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको ३०औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ। स्थापना दिवसका अवसरमा पूर्व तथा

SITENAME

रौतहटमा अवैध सालको काठ ओसारपसार गर्ने एक जना पक्राउ 

रौतहट १२ असोज चन्द्रपुर नगरपालिका–७ स्थित रङ्गपुर साझेदारी वन क्षेत्रबाट अवैध रूपमा सालको काठ ओसारपसार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

SITENAME

चन्द्रपुर नगरपालिकामा रेबिजविरुद्ध सचेतना र्‍याली तथा विशेष कार्यक्रम सम्पन्न

बिबेक चाैधरी  चन्द्रपुर, असोज १२  रेबिज रोग नियन्त्रण तथा रोकथामका लागि जनचेतना फैलाउने उद्देश्यले चन्द्रपुर नगरपालिका, पशु सेवा शाखाको

↑