ताजा खबर

राष्ट्रिय

मंगलबार, असोज १३, २०८३

सलेमपुरबाट दुई थान कटुवा पेस्तोलसहित एक जना पक्राउ

SITENAME

बारा, १२ असोज । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–२ सलेमपुरबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र पाँच राउण्ड गोलीसहित एक जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका व्यक्ति सोही नगरपालिकाको अमृतगञ्ज बस्ने अन्दाजी ५० वर्षीय जयप्रकाश कुसवाह रहेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट गोलागञ्जबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रबहादुर मल्लको कमाण्डमा खटिएको टोलीले जाँच गर्ने क्रममा कुसवाहको साथबाट दुई थान कटुवा पेस्तोल र पाँच राउण्ड गोली बरामद गरेको हो। नियन्त्रणमा लिइएका कुसवाहलाई बरामद हतियार तथा गोलीसहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइने सशस्त्र प्रहरीका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरिक्षक शैलेन्द्र थापाले जानकारी दिनु भयो 
 

प्रतिकृया दिनुहोस
SITENAME

महाकाली नदीको झोलुङ्गे पुल भाँचिएपछि आवतजावत अवरुद्ध

कञ्चनपुर, १४ असोज । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ स्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुल भाँचिएपछि आवतजावत अवरुद्ध भएको छ। दोधारा चाँदनी

SITENAME

लालबकैया खोलाबाट महिलाको जीवित उद्धार

रौतहट, १३ असोज । रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया खोलाबाट एक महिलाको जीवित उद्धार गरिएको छ। जिल्ला माधवनारायण नगरपालिका–१ दिपहीटोल

SITENAME

चन्द्रपुर नगरपालिकामा रेबिजविरुद्ध सचेतना र्‍याली तथा विशेष कार्यक्रम सम्पन्न

बिबेक चाैधरी  चन्द्रपुर, असोज १२ रेबिज रोग नियन्त्रण तथा रोकथामका लागि जनचेतना फैलाउने उद्देश्यले चन्द्रपुर नगरपालिका, पशु सेवा शाखाको आयोजनामा

↑