स्थानीय
सोमबार, असोज १२, २०८३
रौतहट बचत तथा ऋण सहकारी संघको ३० औँ स्थापना दिवस सम्पन्न

रौतहट १२ असोज
रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको ३०औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ। स्थापना दिवसका अवसरमा पूर्व तथा वर्तमान सञ्चालक, संघका संस्थापक अध्यक्ष, प्रारम्भिक संस्थाका अध्यक्ष तथा प्रतिनिधि र व्यवस्थापकहरूको सहभागितामा चियापान, शुभकामना आदान–प्रदान तथा नियामक निकायले विभिन्न मितिमा जारी गरेका निर्देशनसम्बन्धी अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा संघका सचिव वसन्त आचार्यले स्वागत, महासचिव देवबहादुर सापकोटाले सञ्चालन तथा कोषाध्यक्ष नरेन्द्रबहादुर रानाले वित्तीय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता संघका अध्यक्षले गर्नुभएको थियो । कार्यक्रममा संघका संस्थापक अध्यक्ष कालिन्दी घिमिरे, पूर्व अध्यक्षहरू खड्ग बम्जन, देवकी नेपाललगायत प्रारम्भिक संस्थाका १५ भन्दा बढी सदस्यले आफ्ना धारणा राख्नुभएको थियो । सहकारी क्षेत्रमा संघले खेलेको भूमिकाप्रति सन्तोष व्यक्त गर्दै सहभागीहरूले आगामी दिनमा संघको नेतृत्वदायी भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए। संघलाई दिगो र सुदृढ बनाउन प्रारम्भिक संस्थाहरूले आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको उनीहरूको भनाइ थियो । कार्यक्रममा ५३ जना सहकारीकर्मीको सहभागिता रहेको संघले जनाएको छ।

प्रसव पीडित महिलाको ज्यान जोगाउन रक्तदान गरेर गोलेले गरे सहयोग
रौतहट १३ असोज रौतहटको चन्द्रपुरमा प्रसव पीडाका कारण उपचाररत एक महिलालाई आवश्यक रक्तको अभाव भएपछि गुुञ्जन एफएम १०५.३ मेगाहर्जका सहायक स्टेशन

रौतहटमा अवैध सालको काठ ओसारपसार गर्ने एक जना पक्राउ
रौतहट १२ असोज चन्द्रपुर नगरपालिका–७ स्थित रङ्गपुर साझेदारी वन क्षेत्रबाट अवैध रूपमा सालको काठ ओसारपसार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

चन्द्रपुर नगरपालिकामा रेबिजविरुद्ध सचेतना र्याली तथा विशेष कार्यक्रम सम्पन्न
बिबेक चाैधरी चन्द्रपुर, असोज १२ रेबिज रोग नियन्त्रण तथा रोकथामका लागि जनचेतना फैलाउने उद्देश्यले चन्द्रपुर नगरपालिका, पशु सेवा शाखाको



..jpeg&h=90&w=100)





प्रतिकृया दिनुहोस