स्थानीय
रौतहटमा अवैध सालको काठ ओसारपसार गर्ने एक जना पक्राउ

रौतहट १२ असोज
चन्द्रपुर नगरपालिका–७ स्थित रङ्गपुर साझेदारी वन क्षेत्रबाट अवैध रूपमा सालको काठ ओसारपसार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । आइतबार राति करिब ९ बजे चन्द्रपुर सब–डिभिजन वन कार्यालय र रङ्गपुर साझेदारी वनको संयुक्त गस्ती टोलीले नयाँबस्ती कटानीदेखि उत्तरतर्फको वन क्षेत्रमा काठ ओसारपसार गरिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो । टोलीले घटनास्थलबाट २४.७० क्युबिक फिट सालको गोलिया काठ ५ थान, तीन वटा साइकल र एउटा आरा बरामद गरेको छ । पक्राउ पर्ने व्यक्ति चन्द्रपुर–७ नयाँबस्ती कटानीका स्थानीय रहेको वन कार्यालयले जनाएको छ । अनुसन्धान जारी रहेकाले उनको नाम सार्वजनिक गरिएको छैन। पक्राउ परेका व्यक्ति तथा बरामद काठ र सामग्रीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय रौतहटमा बुझाइएको छ । वन कार्यालयले अवैध कटान तथा काठ ओसारपसार नियन्त्रणका लागि नियमित तथा आकस्मिक गस्तीलाई निरन्तरता दिइरहेको जनाएको छ ।

प्रसव पीडित महिलाको ज्यान जोगाउन रक्तदान गरेर गोलेले गरे सहयोग
रौतहट १३ असोज रौतहटको चन्द्रपुरमा प्रसव पीडाका कारण उपचाररत एक महिलालाई आवश्यक रक्तको अभाव भएपछि गुुञ्जन एफएम १०५.३ मेगाहर्जका सहायक स्टेशन

रौतहट बचत तथा ऋण सहकारी संघको ३० औँ स्थापना दिवस सम्पन्न
रौतहट १२ असोज रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको ३०औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ। स्थापना दिवसका अवसरमा पूर्व तथा

चन्द्रपुर नगरपालिकामा रेबिजविरुद्ध सचेतना र्याली तथा विशेष कार्यक्रम सम्पन्न
बिबेक चाैधरी चन्द्रपुर, असोज १२ रेबिज रोग नियन्त्रण तथा रोकथामका लागि जनचेतना फैलाउने उद्देश्यले चन्द्रपुर नगरपालिका, पशु सेवा शाखाको



..jpeg&h=90&w=100)





प्रतिकृया दिनुहोस