ताजा खबर

राष्ट्रिय

सोमबार, असोज १२, २०८३

चन्द्रपुर नगरपालिकामा रेबिजविरुद्ध सचेतना र्‍याली तथा विशेष कार्यक्रम सम्पन्न

SITENAME

बिबेक चाैधरी 

चन्द्रपुर, असोज १२

रेबिज रोग नियन्त्रण तथा रोकथामका लागि जनचेतना फैलाउने उद्देश्यले चन्द्रपुर नगरपालिका, पशु सेवा शाखाको आयोजनामा आज भव्य सचेतना र्‍याली तथा विशेष कार्यक्रम सम्पन्न भएको छ। विश्व रेबिज दिवसको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको हो।नगरपालिका प्राङ्गणबाट सुरु भएको सचेतना र्‍यालीले नगरका विभिन्न भित्री तथा मुख्य बजार क्षेत्रको परिक्रमा गरेको थियो। र्‍यालीमा सहभागीहरूले रेबिज रोगबाट बचौँ र बचाऔँ, आफ्ना घरपालुवा कुकुर-बिसौनीलाई अनिवार्य रेबिजविरुद्धको खोप लगाऔँ, र टोकेमा तुरुन्तै साबुनपानीले धोएर स्वास्थ्य संस्था जाऔँ जस्ता नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए।र्‍यालीपश्चात् आयोजित औपचारिक कार्यक्रममा पशु सेवा शाखाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, पशु स्वास्थ्य प्राविधिक तथा नगरबासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले रेबिज शतप्रतिशत घातक भए पनि समयमै खोप लगाएर शतप्रतिशत रोकथाम गर्न सकिने रोग भएकाले यसप्रति सबै सचेत हुनुपर्नेमा जोड दिए।पशु सेवा शाखाले रेबिज नियन्त्रणका लागि नगरपालिकाभित्र घरपालुवा तथा छाडा कुकुरहरूलाई रेबिजविरुद्धको खोप (Vaccination) अभियानलाई निरन्तरता दिइने जानकारी दिएको छ। साथै, कुनै पनि जनावरले टोकेमा घरेलु उपचारमा नलागी तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई एन्टी-रेबिज भ्याक्सिन (ARV) लगाउन सर्वसाधारणमा अपिल गरिएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

महाकाली नदीको झोलुङ्गे पुल भाँचिएपछि आवतजावत अवरुद्ध

कञ्चनपुर, १४ असोज । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ स्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुल भाँचिएपछि आवतजावत अवरुद्ध भएको छ। दोधारा चाँदनी

SITENAME

लालबकैया खोलाबाट महिलाको जीवित उद्धार

रौतहट, १३ असोज । रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया खोलाबाट एक महिलाको जीवित उद्धार गरिएको छ। जिल्ला माधवनारायण नगरपालिका–१ दिपहीटोल

SITENAME

सलेमपुरबाट दुई थान कटुवा पेस्तोलसहित एक जना पक्राउ

बारा, १२ असोज । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–२ सलेमपुरबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र पाँच राउण्ड गोलीसहित एक जनालाई नियन्त्रणमा

↑