स्थानीय
चन्द्रपुर नगरपालिकामा रेबिजविरुद्ध सचेतना र्याली तथा विशेष कार्यक्रम सम्पन्न

बिबेक चाैधरी
चन्द्रपुर, असोज १२
रेबिज रोग नियन्त्रण तथा रोकथामका लागि जनचेतना फैलाउने उद्देश्यले चन्द्रपुर नगरपालिका, पशु सेवा शाखाको आयोजनामा आज भव्य सचेतना र्याली तथा विशेष कार्यक्रम सम्पन्न भएको छ। विश्व रेबिज दिवसको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बद्रिराज ढकालले अरु रोग बाट बच्न सकिएपनि रेबिज लागेमा प्राणघात रोग भन्दा खतरनाक रहेकोले समयमै सचेत र उपचार गर्न जरुरी रहेको बताउनु भयो । पशु सेबा शाखाको प्राङ्गणबाट सुरु भएको सचेतना र्यालीले नगरका विभिन्न भित्री तथा मुख्य बजार क्षेत्रको परिक्रमा गरेको थियो। र्यालीमा सहभागीहरूले रेबिज रोगबाट बचौँ र बचाऔँ, आफ्ना घरपालुवा कुकुर-बिसौनीलाई अनिवार्य रेबिजविरुद्धको खोप लगाऔँ, र टोकेमा तुरुन्तै साबुनपानीले धोएर स्वास्थ्य संस्था जाऔँ जस्ता नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए।र्यालीपश्चात् आयोजित औपचारिक कार्यक्रममा पशु सेवा शाखाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, पशु स्वास्थ्य प्राविधिक तथा नगरबासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले रेबिज शतप्रतिशत घातक भए पनि समयमै खोप लगाएर शतप्रतिशत रोकथाम गर्न सकिने रोग भएकाले यसप्रति सबै सचेत हुनुपर्नेमा जोड दिए।पशु सेवा शाखाले रेबिज नियन्त्रणका लागि नगरपालिकाभित्र घरपालुवा तथा छाडा कुकुरहरूलाई रेबिजविरुद्धको खोप (Vaccination) अभियानलाई निरन्तरता दिइने जानकारी दिएको छ। साथै, कुनै पनि जनावरले टोकेमा घरेलु उपचारमा नलागी तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई एन्टी-रेबिज भ्याक्सिन (ARV) लगाउन सर्वसाधारणमा अपिल गरिएको छ।

प्रसव पीडित महिलाको ज्यान जोगाउन रक्तदान गरेर गोलेले गरे सहयोग
रौतहट १३ असोज रौतहटको चन्द्रपुरमा प्रसव पीडाका कारण उपचाररत एक महिलालाई आवश्यक रक्तको अभाव भएपछि गुुञ्जन एफएम १०५.३ मेगाहर्जका सहायक स्टेशन

रौतहट बचत तथा ऋण सहकारी संघको ३० औँ स्थापना दिवस सम्पन्न
रौतहट १२ असोज रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको ३०औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ। स्थापना दिवसका अवसरमा पूर्व तथा

रौतहटमा अवैध सालको काठ ओसारपसार गर्ने एक जना पक्राउ
रौतहट १२ असोज चन्द्रपुर नगरपालिका–७ स्थित रङ्गपुर साझेदारी वन क्षेत्रबाट अवैध रूपमा सालको काठ ओसारपसार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।



..jpeg&h=90&w=100)





प्रतिकृया दिनुहोस