ताजा खबर

राष्ट्रिय

सोमबार, असोज १२, २०८३

लालबकैया नदीको बाढीले मौलापुर र बौधीमाईका बस्ती डुबान हुन नदिन अस्थायी तटबन्ध निर्माण 

SITENAME

​रौतहट, १२ असोज ।  वर्षाका कारण रौतहटस्थित लालबकैया नदीमा आएको बाढीले तटबन्ध कटानको जोखिम बढाएपछि सुरक्षा निकाय र स्थानीयवासीको प्रयास बाट कटान रोकथाम तथा सम्भावित क्षति न्यूनीकरण भएको छ । ​गत असोज ८ गतेदेखि तीन दिन सम्म परेको भारी वर्षाका कारण लालबकैया नदीको जलसतह ह्वात्तै बढेपछि ईलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक भरत केसी सहितको सुरक्षाकर्मी आफै कटानक्षेत्रमा अस्थायी बाध निर्माण गर्न जुटेपछि बस्तिमा बाढि पस्न रोकिएको हो ।  रौतहटको मौलापुर नगरपालिका–१ मर्यादपुर क्षेत्रमा तटबन्ध कटानको खतरा भने अझै रहेको छ ।  उक्त बाँध पूर्ण रूपमा फुटेको वा कटान भएको खण्डमा मौलापुर नगरपालिकाका वडा नम्बर १, २, ३, ४ र ५ तथा बौधीमाई नगरपालिकाका वडा नं। १, २ र ३ लगायतका दर्जनौै बस्तीहरू डुबानमा पर्ने जोखिम रहेको छ। ​सम्भावित मानवीय तथा भौतिक क्षति रोक्नका लागि नदी किनारमा आपतकालीन रोकथामका उपाय अपनाइएका छन्। स्थानीय प्रशासन, सुरक्षाकर्मी र स्थानीयवासीको संयुक्त सहभागितामा बालुवा तथा माटो भरिएका बोराहरू प्रयोग गरी तटबन्ध मर्मत तथा सुद्धीढीकरणको काम तीव्र रूपमा सञ्चालन भइरहेको छ। ​यसैबीच, कटानको जोखिममा रहेका प्रभावित क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिन मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोको नेतृत्वमा उच्चस्तरीय टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ। ​अनुगमन टोलीमा मध्यपूर्वी पृतना महोत्तरीका पृतनापति उपरथी भुवन केसी, मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारी, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णु प्रसाद भट्ट, राष्ट्रिय अनुसन्धान विभाग मधेश प्रदेश प्रमुख शमाधव तिम्लसिना, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू तथा स्थानीय जनप्रतिनिधिसहित करिब ५० देखि ६० जनाको सहभागिता रहेको थियो। ​स्थलगत निरीक्षणका क्रममा मन्त्री महतोले मौलापुर नगरपालिकाका प्रमुख रीनादेवी साहलाई प्रदेशका सुरक्षा प्रमुखहरूसँग परिचय गराउँदै तटबन्ध कटान नियन्त्रणमा प्रदेश सरकार र सुरक्षा निकायको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। टोलीले तटबन्ध मर्मत, आपतकालीन उद्धारको पूर्वतयारी र जोखिम न्यूनीकरणका गतिविधिबारे जानकारी लिएको छ। ​सम्भावित बाढी र डुबानबाट जनधनको क्षति हुन नदिन उद्धार तथा राहत सामग्रीसहित सुरक्षा निकायहरूलाई उच्च सतर्क अवस्थामा रहन निर्देशनसमेत दिइएको छ। ​ प्रशासनले जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानको पहिचान गरी बस्न र आधिकारिक सूचनाहरूको मात्र पालना गर्न आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस
SITENAME

महाकाली नदीको झोलुङ्गे पुल भाँचिएपछि आवतजावत अवरुद्ध

कञ्चनपुर, १४ असोज । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ स्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुल भाँचिएपछि आवतजावत अवरुद्ध भएको छ। दोधारा चाँदनी

SITENAME

लालबकैया खोलाबाट महिलाको जीवित उद्धार

रौतहट, १३ असोज । रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया खोलाबाट एक महिलाको जीवित उद्धार गरिएको छ। जिल्ला माधवनारायण नगरपालिका–१ दिपहीटोल

SITENAME

सलेमपुरबाट दुई थान कटुवा पेस्तोलसहित एक जना पक्राउ

बारा, १२ असोज । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–२ सलेमपुरबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र पाँच राउण्ड गोलीसहित एक जनालाई नियन्त्रणमा

↑