ताजा खबर

स्थानीय

मंगलबार, असोज ६, २०८३

सर्वोच्चबाट पनि निलम्बित मेयर यादवलाई राहत मिलेन

SITENAME

रौतहट ६ असोज 
रौतहटको फतुवा विजयपुर नगरपालिकाका निलम्बित मेयर गोपाल राय यादवविरुद्ध विशेष अदालतले सुनाएको भ्रष्टाचार मुद्दाको फैसला सर्वोच्च अदालतले पनि कायम गरेको छ । लालबकैया नदीको ढुंगा, गिट्टी र बालुवा ठेक्का प्रकरणमा विशेष अदालतको फैसलाविरुद्ध यादवले दिएको पुनरावेदन सर्वोच्च अदालतले सोमबार अस्वीकार गरेको हो। न्यायाधीश सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको संयुक्त इजलासले पुनरावेदनका लागि पर्याप्त आधार नदेखिएको आदेश दिएको छ । यससँगै यादवलाई सुनाइएको तीन वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना कायम भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/७६ मा नदीजन्य पदार्थको ठेक्कामा अनियमितता भएको भन्दै यादवसहित २१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। ठेक्का प्रक्रियाका कारण स्थानीय तहलाई एक करोड ५३ लाख रुपैयाँभन्दा बढी नोक्सानी भएको अख्तियारको दाबी थियो । विशेष अदालतले यादवलाई मात्र दोषी ठहर गर्दै अन्य २० जनालाई सफाइ दिएको थियो। लालबकैया नदीको ठेक्का फतुवा विजयपुर र गुजरा नगरपालिकाले संयुक्त रूपमा लगाउने तथा आम्दानी ६० र ४० प्रतिशतका दरले बाँड्ने व्यवस्था थियो । यसैबीच, आगामी स्थानीय तह निर्वाचनमा आफ्नो राजनीतिक प्रभाव कायम राख्न यादवले छोरालाई उम्मेदवार बनाउने तयारी गरिरहेको स्थानीय राजनीतिक वृत्तमा चर्चा छ। यद्यपि, यसबारे औपचारिक उम्मेदवारी भने स्पष्ट भइसकेको छैन ।

प्रतिकृया दिनुहोस
SITENAME

परोहाको पटेल चौकबाट कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

रौतहट, ७ असोज । प्रहरीले रौतहट बाट कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । रौतहटको परोहा नगरपालिका–८, मोतिपुरस्थित पटेल चौकबाट

SITENAME

रौतहटमा ५० लाखभन्दा बढीको मोबाइल सामग्री बरामद

रौतहट ७ असोज रौतहटमा सशस्त्र प्रहरीले करिब ५० लाख १४ हजार ५०० रुपैयाँ बराबरको मोबाइलसँग सम्बन्धित सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं.

SITENAME

वनटोल महिला सामुदायिक वनको अध्यक्षमा बाबुराम घिसिङ सर्वसम्मत चयन, ११ सदस्यीय कार्यसमिति गठन।

रौतहटको चन्द्रपुर–२ स्थित वनटोल महिला सामुदायिक वन उपभोक्ता समूहको २५औँ वार्षिक साधारण सभाबाट बाबुराम घिसिङको अध्यक्षतामा ११ सदस्यीय नयाँ

↑