स्थानीय
गैडाटारमा सिँचाइ संकट : किसानको हारगुहार बेवास्ता, करोडौंको डिप बोरिङ लगानीमाथि प्रश्न

रौतहट १२ भाद्र
रौतहटको चन्द्रपुर नगरपालिका–३ गैडाटारका किसान सिँचाइ अभावका कारण गम्भीर समस्यामा परेका छन् । धानबालीलाई अत्यावश्यक पानीको व्यवस्था गर्न नसक्दा किसान चिन्तित बनेका छन् भने स्थानीयले चन्द्रपुर नगरपालिका र जनप्रतिनिधिमाथि किसानको समस्याप्रति बेवास्ता गरेको आरोप लगाएका छन् । केही दिनअघि परेको वर्षाले चाँदी खोलामा स्थानीय किसानले कुटो–कोदालो प्रयोग गरी निर्माण गरेको अस्थायी कुलो र सिँचाइ बाँध भत्काएर बगाएपछि खेतमा पानी पुर्याउने व्यवस्था पूर्ण रूपमा अवरुद्ध भएको हो । केही वर्षअघि आएको ठूलो बाढीले यस क्षेत्रको सिँचाइ ड्याम बगाएको थियो । त्यसपछि सरकारी निकायबाट स्थायी समाधान हुन नसकेपछि स्थानीय किसानले आफ्नै श्रममा सानो कुलो निर्माण गरी सेउला, ढुङ्गा, गिट्टी र माटोको सहायताले अस्थायी बाँध बनाएर सिँचाइ गर्दै आएका थिए । तर पछिल्लो समय खोलाको सतह थप गहिरो भएपछि अब सामान्य कुटो–कोदालोको भरमा कुलो र बाँध निर्माण गर्न समेत असम्भव बनेको किसानहरूको भनाइ छ । धान खेतमा तत्काल सिँचाइ आवश्यक परेको भन्दै स्थानीय किसानले गत साउन १४ गते वडा नम्बर ३ गैडाटारको सिफारिससहित चन्द्रपुर नगरपालिकामा पुगेर सहयोगका लागि हारगुहार गरेका थिए । तर हालसम्म कुनै ठोस पहल नभएको भन्दै किसान आक्रोशित बनेका छन् । स्थानीय किसान मोदनाथ हुमागाईंले चुनावका समयमा विभिन्न आश्वासन र प्रलोभन देखाउने जनप्रतिनिधिहरू अहिले किसानको जीवनसँग जोडिएको सिँचाइ समस्या पर्दा मौन बसेको गुनासो गरे । नगरपालिकाबाट सहयोग नपाएपछि किसानहरू आफैं रकम संकलन गरी जेसीबी भाडामा लिएर बाँध निर्माण गर्न बाध्य भएका छन । स्थानीय किसान लीलाधर तिमल्सिनाका अनुसार किसानले चन्दा संकलन गरेर जेसीबी धनीलाई घण्टाको हिसाबले रकम भुक्तानी गर्ने गरी अस्थायी बाँध निर्माणको काम सुरु गर्ने तयारीमा रहेको बताउनु भयो । यसैबीच, गैडाटार क्षेत्रमा करोडौं रुपैयाँ राज्यको लगानीमा दर्जनौं डिप बोरिङ जडान गरिएता पनि सिँचाइका लागि कुनै पनि प्रभावकारी हुन नसकेको स्थानीयको आरोप छ । पर्याप्त पानी नआएपछि कतिपय बोरिङको पानी सिँचाइका लागि उपयोगी नभई पिउने पानीका रूपमा मात्र प्रयोग भइरहेको बताइएको छ । सिँचाइका लागि असफल सावित भएका बोरिङहरूमा समेत पटक–पटक राज्यको लगानी भइरहेको भन्दै स्थानीयले डिप बोरिङको नाममा सरकारी रकम दुरुपयोग भइरहेको आरोप लगाएका छन् । किसान सिँचाइको पानी नपाएर खेत सुक्ने अवस्थामा पुगेका बेला करोडौंको लगानी किन प्रभावकारी हुन सकेन भन्ने विषयमा सम्बन्धित निकायले तत्काल जवाफ दिनुपर्ने स्थानीयको माग गरेका छन ।

रौतहटको जनभावना आधारभूत विद्यालयमा लालबहादुर कुश्वारको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–६ माझिटोलस्थित श्री जनभावना आधारभूत विद्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका बीच लालबहादुर कुश्वारको

बसन्त कुमार आचार्य विश्व रक्तदाता संस्था नेपालको रौतहट जिल्ला संयोजकमा नियुक्त
रौतहट विश्व रक्तदाता संस्था नेपाल (WBDO) को रौतहट जिल्ला संयोजक पदमा बसन्त कुमार आचार्य नियुक्त हुनुभएको छ। मानवताको सेवा, रक्तदान अभियानलाई

भौतिक पूर्वाधार र दरबन्दी अभावबिच सन्तपुर बर्थिङ सेन्टर चुनौतीलाई चिर्दै पुनः नगरमै प्रथम; ५७० आमाले पाए सुरक्षित सेवा वडा अध्यक्ष जितेन्द्र चौधरीद्वारा स्वास्थ्यकर्मीको उच्च प्रशंसा
सन्तपुर (चन्द्रपुर), रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ८ स्थित सन्तपुर स्वास्थ्य चौकी (बर्थिङ सेन्टर) नगरपालिकामै सर्वोत्कृष्ट स्वास्थ्य







प्रतिकृया दिनुहोस