स्थानीय
जनज्योति बहुमुखी क्याम्पसको अध्यक्षमा तीन जनाको उम्मेदवारी

रौतहट ९ भदौ
रौतहटको चन्द्रपुर नगरपालिका–६, चन्द्रनिगाहपुरस्थित जनज्योति बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । निर्वाचन संयोजक दिपेन्द्र कुमार मण्डलले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार मंगलबार बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको थियो । निर्धारित समयभित्र अध्यक्ष पदका लागि संजय कुमार कार्की, प्रमिला उपाध्याय र बालकृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन कार्यतालिकाअनुसार मंगलबार दिउँसो २ बजेदेखि ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ। त्यसपछि साँझ ५ बजेदेखि ५ः३० बजेसम्म उम्मेदवारविरुद्ध दाबी–विरोधका लागि समय निर्धारण गरिएको छ । अन्तिम उम्मेदवारको नामावली भने साँझ ६ बजे प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । अध्यक्ष पदमा तीनै जनाको उम्मेदवारी कायम रहे बुधबार त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। कार्यतालिकाअनुसार भदौ १० गते बुधबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुनेछ ।
क्याम्पस सञ्चालक समिति निर्वाचनमा कुल ६६ जना मतदाताले मतदान गर्न पाउनेछन् । उम्मेदवारी दर्तासँगै क्याम्पसको आगामी नेतृत्व चयनलाई लिएर चुनावी माहोलसमेत तातेको छ । निर्वाचनबाट चयन हुने अध्यक्षले क्याम्पसको प्रशासनिक तथा शैक्षिक नेतृत्वमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यस निर्वाचनलाई चासोका साथ हेरिएको छ ।

गैडाटारमा सिँचाइ संकट : किसानको हारगुहार बेवास्ता, करोडौंको डिप बोरिङ लगानीमाथि प्रश्न
रौतहट १२ भाद्र रौतहटको चन्द्रपुर नगरपालिका–३ गैडाटारका किसान सिँचाइ अभावका कारण गम्भीर समस्यामा परेका छन् । धानबालीलाई अत्यावश्यक पानीको

रौतहटको जनभावना आधारभूत विद्यालयमा लालबहादुर कुश्वारको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–६ माझिटोलस्थित श्री जनभावना आधारभूत विद्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका बीच लालबहादुर कुश्वारको

बसन्त कुमार आचार्य विश्व रक्तदाता संस्था नेपालको रौतहट जिल्ला संयोजकमा नियुक्त
रौतहट विश्व रक्तदाता संस्था नेपाल (WBDO) को रौतहट जिल्ला संयोजक पदमा बसन्त कुमार आचार्य नियुक्त हुनुभएको छ। मानवताको सेवा, रक्तदान अभियानलाई







प्रतिकृया दिनुहोस