स्थानीय
जनज्योती बहुमुखी क्याम्पसको १४ औँ क्याम्पस सभाको उद्द्धाटन सत्र सम्पन्न

चन्द्रनिगाहपुर ८ भदौ
रौतहटको चन्द्रपुर नगरपालिका–६ चन्द्रनिगाहपुरस्थित जनज्योती बहुमुखी क्याम्पसको १४ औँ क्याम्पस सभा तथा २५ औँ रजत जयन्ती समारोह सम्पन्न भएको छ । मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई ‘समीर’को प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा पूर्वसंविधानसभा सदस्य देवेन्द्र पटेल, चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय काफ्ले लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा क्याम्पसको वार्षिक कार्यक्रम तथा प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । सञ्चालक समितिका अध्यक्ष सञ्जय कुमार कार्कीले सञ्चालक समितिको तर्फबाट वार्षिक कार्यक्रम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी क्याम्पस प्रमुख राजन श्रेष्ठले क्याम्पसको वर्तमान अवस्था, भौतिक पूर्वाधार, सञ्चालित तह तथा विषयलगायतका विषय समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार हाल जनज्योती बहुमुखी क्याम्पसमा विभिन्न तहमा गरी २ हजार ८ सय ७४ जना विद्यार्थी अध्ययनरत छन् । कार्यक्रममा क्याम्पसको आर्थिक अवस्थाबारे कोषाध्यक्ष चिरञ्जीवी गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले क्याम्पसको आय–व्यय तथा आर्थिक गतिविधिबारे सभालाई जानकारी गराउनुभएको थियो । क्याम्पसको २५ औँ रजत जयन्ती तथा १४ औँ क्याम्पस सभाको अवसरमा प्रकाशित ‘जनज्योती स्मारिका’ तथा ‘जनज्योती एकेडेमिक जर्नलको औपचारिक विमोचन प्रमुख अतिथि अर्थमन्त्री युवराज भट्टराई ‘समीर’ले गर्नुभएको थियो । कार्यक्रममा क्याम्पसको शैक्षिक तथा भौतिक विकास, आगामी कार्ययोजना र संस्थागत सुधारका विषयमा समेत छलफल भएको थियो ।
यसैबीच, क्याम्पस सभाले नयाँ सञ्चालक समिति चयनको प्रक्रिया अघि बढाएको छ । नयाँ सञ्चालक समिति चयन गर्ने गरी बन्दसत्र सुरु भएको र समाचार तयार पार्दासम्म बन्दसत्र निरन्तर चलिरहेको क्याम्पस प्रशासनले जनाएको छ । नयाँ समितिले क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, पूर्वाधार विकास तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा थप भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

गैडाटारमा सिँचाइ संकट : किसानको हारगुहार बेवास्ता, करोडौंको डिप बोरिङ लगानीमाथि प्रश्न
रौतहट १२ भाद्र रौतहटको चन्द्रपुर नगरपालिका–३ गैडाटारका किसान सिँचाइ अभावका कारण गम्भीर समस्यामा परेका छन् । धानबालीलाई अत्यावश्यक पानीको

रौतहटको जनभावना आधारभूत विद्यालयमा लालबहादुर कुश्वारको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–६ माझिटोलस्थित श्री जनभावना आधारभूत विद्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका बीच लालबहादुर कुश्वारको

बसन्त कुमार आचार्य विश्व रक्तदाता संस्था नेपालको रौतहट जिल्ला संयोजकमा नियुक्त
रौतहट विश्व रक्तदाता संस्था नेपाल (WBDO) को रौतहट जिल्ला संयोजक पदमा बसन्त कुमार आचार्य नियुक्त हुनुभएको छ। मानवताको सेवा, रक्तदान अभियानलाई







प्रतिकृया दिनुहोस