स्थानीय
रौतहटमा मोटरसाइकल मिस्त्री झुन्डिएको अवस्थामा मृत फेला

रौतहट ६ भाद्र
रौतहटको देवाही गोनाही नगरपालिका–५ नारायण चोकमा एक युवक झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत्यु हुनेमा बारा जिल्लाको कलैया उपमहानगरपालिका–१ देवकोटा टोल निवासी करिब ३५ वर्षीय सुमित पटेल रहेको प्रहरीले जनाएको छ । पटेलले विगत करिब चार वर्षदेखि नारायण चोकमा मोटरसाइकल मर्मत पसल सञ्चालन गर्दै आएका थिए। इलाका प्रहरी कार्यालयका इन्चार्ज तेजप्रसाद भट्टराईका अनुसार उनी राति करिब ११ बजे आफ्नै पसलमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का तथा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । मृतक पटेलको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ । घटनाको कारण भने खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गैडाटारमा सिँचाइ संकट : किसानको हारगुहार बेवास्ता, करोडौंको डिप बोरिङ लगानीमाथि प्रश्न
रौतहट १२ भाद्र रौतहटको चन्द्रपुर नगरपालिका–३ गैडाटारका किसान सिँचाइ अभावका कारण गम्भीर समस्यामा परेका छन् । धानबालीलाई अत्यावश्यक पानीको

रौतहटको जनभावना आधारभूत विद्यालयमा लालबहादुर कुश्वारको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–६ माझिटोलस्थित श्री जनभावना आधारभूत विद्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका बीच लालबहादुर कुश्वारको

बसन्त कुमार आचार्य विश्व रक्तदाता संस्था नेपालको रौतहट जिल्ला संयोजकमा नियुक्त
रौतहट विश्व रक्तदाता संस्था नेपाल (WBDO) को रौतहट जिल्ला संयोजक पदमा बसन्त कुमार आचार्य नियुक्त हुनुभएको छ। मानवताको सेवा, रक्तदान अभियानलाई







प्रतिकृया दिनुहोस