ताजा खबर

सूचना प्रबिधि

मंगलबार, माघ १५, २०७५

मुस्लिम साँसद द्धारा चार दर्जन सरस्वती मंन्दिरमा बजेट बिनियोजन गर्ने

SITENAME

रौतहट १५ माघ । रौतहटका एक मुस्लिम प्रदेश सांसदले चार दर्जनभन्दा बढी सरस्वती मन्दिर निर्माण गर्न बजेट बिनियोजन गर्दै जाने भएका छन । रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा ( ख ) बाट बिजयी सांसद शेख अबुल कलाम आजादले क्षेत्रभित्रका सबै विद्यालयमा आगामी ५ वर्ष भित्र सरस्वती मन्दिर बनाईसक्ने उदघोष गर्नु भएको छ । आफ्नो निर्वाचन क्षेत्रको दुईवटा माध्यमिक विद्यालयमा प्रदेश साँसंद आजादले सरस्वती मन्दिर निर्माणको प्रक्रिया अघि बढाईसक्नु भएको छ । उहाले रौतहटको गढीमाई नगरपालिका स्थित समनपुरमा रहेको शंकर गुदर माध्यमिक बिद्यालयको प्राङ्गणमा सरस्वतीको मंन्दिर निर्माणको लागि शिलान्यास गर्नु भएको छ भने गरुडा नगरपालिकाको गरुडामा रहेको श्री माध्यमिक बिद्यालयमा सरस्वती मन्दिरको निर्माणको लागि पाँच लाख बजेट बिनियोजन गर्ने उदघोष गर्नु भएको छ । बिद्यालय प्राङ्गणमा बिद्याकी देबी सरस्वतीको मंन्दिर निर्माण गर्न जरुरी रहेका कारण आफुले बजेट बिनियोजन गरेको प्रदेश साँसद शेख अबुल कलाम आजादले बताउनु भयो । उहाले भन्नु भयो बिद्यालयमा अध्यन गर्दा आफु सरस्वती पूजा समितिको अध्यक्ष बन्ने गरेको थिए । आफु मुस्लिम समुदायको भएपनि बिद्याकी देबी सरस्वती प्रति आफनो सदैब आस्था रहेको बताउनु भयो । आफु भारत विहारको शिवहर जिल्लामा रहेको माध्यमिक तहमा अध्ययन गरेको उहाले बताउनु भयो । वाणीकी देवी सरस्वती प्रति आफनो आस्था रहेका कारण दुई चार शब्द बोल्न सक्ने भएको प्रदेश सांसद आजादले बताउनु भयो । निर्बाचन क्षेत्रनम्बर ४ को प्रदेश (ख)मा करिब चार दर्जन विद्यालय रहेका छन । कतिपय विद्यालय भौतिक पुर्बाधारको अभाबमा रहेको छ । 
 

प्रतिकृया दिनुहोस
SITENAME

नेपाल टेलिकमको चेतावनी: सिम कार्डको मूल्य बढी लिने कार्य गैरकानुनी

  काठमाडौँ, साउन २२ – नेपाल टेलिकमले रु. ९० तोकी प्रिपेड सिम कार्ड वितरण गरिरहेको स्पष्ट पार्दै, तोकिएको मूल्यभन्दा बढी लिई सिम कार्ड

SITENAME

रौतहटमा ध्वनी प्रदुषण नियन्त्रण हुन

रौतहट १८ माघ । रौतहटमा ध्वनी प्रदुषण नियन्त्रण हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले ईजाजत बिना यान्त्रिक साधन बाट ध्वनी निष्कासन गरी

SITENAME

बालबिबाह बिरुद्ध घरदैलो अभियान

रौतहट १५ माघ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नं. ४ र ६ लाई वालविवाह मुतm वडा घोषणा गर्नका लागी घरदैलो अभियान गरीएको छ । प्लान ईन्टनेशनल नेपालको

↑