स्थानीय
चन्द्रनिगाहपुरमा बालसंरक्षणका कानुनी प्रावधान सम्बन्धी दुई दिने तालिम सम्पन्न

विवेक चाैधरी
मंसिर १२ चन्द्रपुर, रौतहट ।
रौतहटको चन्द्रनिगाहपुरमा बालविवाह, बालश्रम तथा बालयौन दुर्व्यवहारका कानुनी प्रावधान सम्बन्धी दुई दिने तालिम शनिबार सम्पन्न भएको छ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा ‘बालबालिका हाम्रो गौरव’ परियोजना अन्तर्गत मंसिर ११ र १२ गते चन्द्रनिगाहपुरस्थित आरोही होटलमा तालिम सञ्चालन गरिएको हो। ‘छोरी’ (Chhori) संस्थाको आयोजना, ‘किन्डर नट हिल्फे’ (KNH) सँगको सहकार्य तथा चन्द्रपुर नगरपालिका बाल अधिकार समितिको समन्वयमा सञ्चालित तालिममा बाल अधिकारकर्मी र सरोकारवालाहरूको सहभागिता रहेको थियो।तालिमको दुई दिनकै अवधिमा सहजीकरण तथा प्रशिक्षण दिँदै चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालले बालसंरक्षण सम्बन्धी कानुनी प्रावधान, स्थानीय तहमा हस्तान्तरण भई आएका कानुनी अधिकार र तिनको कार्यान्वयनबारे प्रष्ट पार्नुभएको थियो।प्रशिक्षणका क्रममा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम बालमैत्री शासन तथा योजना निर्माण, वडास्तरमा बालमैत्री वातावरण बनाउने, बालक्लब र बाल सञ्जाल सञ्चालन, बालविवाह अन्त्य, सडक बालबालिकाको उद्धार तथा पुनर्स्थापना र खान, लाउन तथा शिक्षा नदिएको विषयमा न्यायिक समितिको भूमिका लगायतका विषयमा जानकारी गराइएको थियो। साथै जोखिमपूर्ण कामको सूची, बालबालिकालाई काममा लगाउनु अघि लिनुपर्ने योग्यताको प्रमाणपत्र, सजाय तथा उजुरी दिने व्यवस्था र मुलुकी देवानी तथा अपराध संहिता, २०७४ मा व्यवस्था गरिएका बालविवाह, जबरजस्ती करणी, बालयौन दुरुपयोग, गर्भसंरक्षण विरुद्धको कसूर, मातृक तथा पैतृक अख्तियारी, माथवर र बालबालिकाको कानुनी हैसियत तथा सजायका प्रावधानबारे पनि विस्तृत छलफल गरिएको थियो।‘छोरी’ संस्थाकी कार्यकारी निर्देशक हिरा दाहालको अध्यक्षता तथा चन्द्रपुर नगर बाल सञ्जालका अध्यक्ष अविरल उप्रेतीले समापन मन्तव्यका साथ कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा निर्देशक दाहालले सन् २०१६ मा जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भएको संस्थाले महिला, किशोरी तथा बालबालिकाका सवालमा निरन्तर काम गर्दै आएको बताउनुभयो। छोरी भएकै कारण हुने हिंसा न्यूनीकरण गरी हिंसारहित समाज निर्माण गर्ने लक्ष्यका साथ संस्थाले मानव बेचबिखन विरुद्ध रोकथाम, संरक्षण, पैरवी, सचेतना तथा बालअधिकार सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिरहेको कार्यक्रम संयोजक कोपिला तिमल्सिनाले जानकारी दिनुभयो।

चन्द्रनिगाहपुरमा बालसंरक्षणका कानुनी प्रावधान सम्बन्धी दुई दिने तालिमको पहिलो दिन सम्पन्न
विवेक चाैधरी रौतहट चन्द्रनिगापुर मंसिर ११ । रौतहटको चन्द्रपुरमा बालविवाह, बालश्रम तथा बालयौन दुर्व्यवहारका कानुनी प्रावधान सम्बन्धी दुई दिने

चन्द्रपुरमा बालश्रम अन्त्यका लागि योजना निर्माण सम्बन्धी अन्तर्क्रिया सम्पन्न
विवेक चाैधरी रौतहट चन्द्रनिगाहपुर, मंसिर ५ । रौतहटको चन्द्रपुर नगरपालिकामा बालश्रम अन्त्यका लागि योजना निर्माण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम
..jpeg&h=200&w=220)
रौतहटमा नाईन एमएमका २७ राउण्ड गोली बरामद, दुई जना भारततर्फ फरार
रौतहट, २ मंसिर । प्रहरीले रौतहटको नेपाल–भारत सीमा क्षेत्रबाट पेस्तोलमा लाग्ने नाईन एमएमका २७ राउण्ड गोली बरामद गरेको छ । गौर भन्सार सुरक्षा गार्ड र





प्रतिकृया दिनुहोस