ताजा खबर

स्थानीय

बुधबार, श्रावण २७, २०८३

लालबकैया नदीमा बेपत्ता तीन बालबालिकामध्ये दुईको शव फेला

SITENAME

रौतहट, २७ साउन । लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार फेला परेको छ। रौतहटको देवाही गोनाही नगरपालिका–२ स्थित लक्ष्मिनिया घाटमा मंगलबार नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका थिए। बेपत्तामध्ये दुई जनाको शव बुधबार बिहान करिब ७ बजे घटनास्थलबाट करिब २ दशमलव ५ किलोमिटर दक्षिणतर्फ परोहा नगरपालिका–२ जिंगडवामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका सुचना अधिकारी एबम प्रहरी नायब उपरिक्षक बसन्त गौतमका अनुसार नदीमा तैरिरहेको अवस्थामा दुवै बालबालिकाको शव फेला परेको हो। मृत्यु हुनेमा देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका १० वर्षीय मोहम्मद रमतुल्लाह र सोही स्थानकी १० वर्षीया सवनम खातुन रहेका छन्। दुवै जनाको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ। घटनामा बेपत्ता भएका तेस्रो बालबालिकाको भने अझै अवस्था अज्ञात रहेको छ। उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले लालबकैया नदी क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। नदीमा पानीको बहाव र गहिराइका कारण खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता

रौतहट २६ साउन रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा तीन जना बालबालिका डुबेर बेपत्ता भएका

SITENAME

मोटरसाइकल दुर्घटनामा वडाअध्यक्ष सहित दुई जना पक्राउ 

रौतहट २६ साउन । मोटरसाईकद दुर्घटनामा एक युबकको मृत्यु लाई लिएर प्रहरीले एक जना वडाअध्यक्ष सहित दुई जना लाई पक्राउ गरेको छ । २०८२ साल असार ६ गते

SITENAME

सामुदायिक बन दिबसमा बृक्षारोपण तथा बिभिन्न समुह सम्मानित 

रौतहट २४ साउन । सामुदायिक वन दिवस, २०८३ को अवसरमा रौतहटमा वृक्षारोपण तथा सम्मान कार्यक्रम आयोजना गरिएको छ । डिभिजन वन कार्यालय रौतहट,