राष्ट्रिय
सामाजिक सञ्जालमा अभद्र अभिव्यक्ति दिएको आरोपमा रास्वपा नेता यादव पक्राउ

रौतहट, २७ साउन । सामाजिक सञ्जालमार्फत आपत्तिजनक तथा अभद्र किसिमको अभिव्यक्ति दिएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रविन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार यादवलाई मंगलबार साँझ करिब ७ बजे अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । स्थानीय सागर यादवलाई लक्षित गरी सामाजिक सञ्जालमा आपत्तिजनक तथा अभद्र शब्द प्रयोग गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले यादवविरुद्ध परेको उजुरीका आधारमा थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी दिनु भयो । पछिल्लो समय सामाजिक सञ्जालमा राजनीतिक तथा व्यक्तिगत विषयलाई लिएर एकअर्काविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने क्रम बढिरहेका बेला यादव पक्राउ परेको घटनालाई स्थानीयस्तरमा चासोका साथ हेरिएको छ । प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ । यादवमाथि लागेको आरोपबारे अनुसन्धानपछि मात्रै थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

केपी ओलीलाई फालेझै वालेनलाई सडक आन्दोलनबाट फाल्छौं : विकेश साह
काठमाडौं, २६ साउन । जेनजी आन्दोलन सुरु भएको झण्डै एक वर्ष पुग्नै लाग्दा ‘कमन जेनजी नेपाल’ले प्रधानमन्त्री वालेन्द्र (वालेन) शाह नेतृत्वको

नुनथरमा साहसिक पर्यटनको नयाँ धमाकास् जिपलाइन र स्काइ साइक्लिङ सञ्चालनमा, छुटको पनि व्यवस्था
रौतहट२५ साउन । रौतहट, सर्लाही, सिन्धुली र मकवानपुरको संगमस्थलका रूपमा रहेको प्रसिद्ध धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थल नुनथर महादेवस्थान

फतुवा विजयपुरमा आगलागी, २० लाख बराबरको सम्पत्ति जलेर नष्ट
रौतहट २५ साउन । रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवामा सोमबार बिहान आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

..jpeg&h=90&w=100)






प्रतिकृया दिनुहोस