ताजा खबर

स्थानीय

मंगलबार, श्रावण २६, २०८३

लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता

SITENAME

रौतहट २६ साउन
रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा तीन जना बालबालिका डुबेर बेपत्ता भएका छन् । प्रहरीका अनुसार आज दिउँसो करिब २ बजे खोलामा नुहाउने क्रममा स्थानीय तीन बालबालिका पानीमा डुबेर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा देवाही गोनाही नगरपालिका–१ करुनिया निवासी करमे आलमका करिब १० वर्षीय छोरा रमतुलाह, हिसी अख्तरकी करिब १० वर्षीया छोरी सबनम खातुन र शेख खुर्सैदकी करिब १० वर्षीया छोरी रौशन खातुन रहेका छन् । घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको कमाण्डमा ७ जना प्रहरी टोली घटनास्थल पुगेको छ। त्यस्तै, सशस्त्र प्रहरी बेस देवाही गोनाहीबाट ५ जना र सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटबाट रबर बोर्डसहित ९ जनाको डिजास्टर टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीले खोलामा खोज तथा उद्धार कार्य जारी राखेका छन्। घटनास्थल इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट करिब ६ किलोमिटर दक्षिणमा पर्छ ।

प्रतिकृया दिनुहोस
SITENAME

लालबकैया नदीमा बेपत्ता तीन बालबालिकामध्ये दुईको शव फेला

रौतहट, २७ साउन । लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार फेला परेको छ। रौतहटको देवाही गोनाही

SITENAME

मोटरसाइकल दुर्घटनामा वडाअध्यक्ष सहित दुई जना पक्राउ 

रौतहट २६ साउन । मोटरसाईकद दुर्घटनामा एक युबकको मृत्यु लाई लिएर प्रहरीले एक जना वडाअध्यक्ष सहित दुई जना लाई पक्राउ गरेको छ । २०८२ साल असार ६ गते

SITENAME

सामुदायिक बन दिबसमा बृक्षारोपण तथा बिभिन्न समुह सम्मानित 

रौतहट २४ साउन । सामुदायिक वन दिवस, २०८३ को अवसरमा रौतहटमा वृक्षारोपण तथा सम्मान कार्यक्रम आयोजना गरिएको छ । डिभिजन वन कार्यालय रौतहट,