ताजा खबर

स्थानीय

मंगलबार, श्रावण २६, २०८३

मोटरसाइकल दुर्घटनामा वडाअध्यक्ष सहित दुई जना पक्राउ 

SITENAME

रौतहट २६ साउन । मोटरसाईकद दुर्घटनामा एक युबकको मृत्यु लाई लिएर प्रहरीले एक जना वडाअध्यक्ष सहित दुई जना लाई पक्राउ गरेको छ ।
२०८२ साल असार ६ गते  मौलापुर नगरपालिका–३ स्थित विधुत प्राधिकरणको शाखा कार्यालय नजिक मौलापुर–जयनगर सडकखण्डमा वडा अध्यक्ष महेश महतो कोइरीले चलाएको ना २५ प १२२५ नम्बरको मोटरसाइकल र सोही स्थानका २८ वर्षीय त्रिकिशोर कुशवाहाले चलाएको प्रदेश २–०३–००७ प ६६६५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनाका क्रममा त्रिकिशोर कुशवाहाको मोटरसाइकलको पछाडि सवार सोही स्थानका करिब २० वर्षीय निरज कुशवाहा घाइते भएका थिए। उपचारका क्रममा उनको २०८२ साल माघ १७ गते  मृत्यु भएपछि प्रहरीले सवारी ज्यान मुद्दामा  २०८३ साल साउन २५ गते मोटरसाइकल चालक वडा अध्यक्ष महेश महतो कोइरी र त्रिकिशोर कुशवाहालाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
 

प्रतिकृया दिनुहोस
SITENAME

लालबकैया नदीमा बेपत्ता तीन बालबालिकामध्ये दुईको शव फेला

रौतहट, २७ साउन । लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार फेला परेको छ। रौतहटको देवाही गोनाही

SITENAME

लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता

रौतहट २६ साउन रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा तीन जना बालबालिका डुबेर बेपत्ता भएका

SITENAME

सामुदायिक बन दिबसमा बृक्षारोपण तथा बिभिन्न समुह सम्मानित 

रौतहट २४ साउन । सामुदायिक वन दिवस, २०८३ को अवसरमा रौतहटमा वृक्षारोपण तथा सम्मान कार्यक्रम आयोजना गरिएको छ । डिभिजन वन कार्यालय रौतहट,