राष्ट्रिय
नुनथरमा साहसिक पर्यटनको नयाँ धमाकास् जिपलाइन र स्काइ साइक्लिङ सञ्चालनमा, छुटको पनि व्यवस्था

रौतहट२५ साउन । रौतहट, सर्लाही, सिन्धुली र मकवानपुरको संगमस्थलका रूपमा रहेको प्रसिद्ध धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थल नुनथर महादेवस्थान क्षेत्रमा साहसिक पर्यटनका नयाँ गतिविधि थपिएका छन्। नुनथरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रु। ६० लाखको लागतमा जिपलाइन, स्काइ साइक्लिङ र स्विङ सञ्चालनमा ल्याइएको हो।
अभि एडभेन्चर प्रालिका सञ्चालक शुभकामना पौडेल तथा सर्लाही ९हरिवन० का विजय अधिकारीसहितका युवाहरूको संयुक्त लगानीमा यी पूर्वाधार निर्माण गरिएका हुन्। साहसिक खेल सञ्चालनसँगै नुनथर क्षेत्रमा आन्तरिक पर्यटकका लागि नयाँ आकर्षण थपिएको छ।
पूर्वाधार र शुल्क विवरण
जीपलाईन ः–सर्लाहीको बागमती नगरपालिकास्थित हरिहरपुरदेखि रौतहटको नुनथर क्षेत्रसम्म जिपलाइन जोडिएको छ, जसको लम्बाइ २९५ मिटर रहेको छ।
स्काइ साइक्लिङ ः– रौतहटतर्फ १२५ मिटर लामो स्काइ साइक्लिङ निर्माण गरिएको छ ।
शुल्क तथा छुट ः– जिपलाइन र स्काइ साइक्लिङका लागि प्रतिव्यक्ति रु। ५०० शुल्क तोकिएको छ। सुरुवाती प्रवर्द्धनका लागि आगामी भदौ १० गतेसम्म जिपलाइनमा ३० प्रतिशत छुट छुटपछिको मूल्य ३५० रुपैयाको व्यवस्था गरिएको छ।
बागमती नदीको किनार, हरियाली वातावरण र रमणीय प्राकृतिक दृश्यका कारण पछिल्लो समय नुनथरमा पर्यटकको चहलपहल बढ्दो छ। धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र साहसिक मनोरञ्जनको संगम बनेपछि यो क्षेत्र पारिवारिक भ्रमण, पिकनिक तथा युवा पुस्ताको रोजाइमा पर्ने देखिन्छ। स्थानीय युवाहरूको यस लगानीले क्षेत्रमा रोजगारी सिर्जना गर्नुका साथै स्थानीय व्यवसाय र आर्थिक गतिविधिलाई चलायमान बनाउन ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ। नयाँ पूर्वाधार थपिएसँगै नुनथरलाई मधेश प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने ढोका खुलेको स्थानीय बताउँछन्।

सामाजिक सञ्जालमा अभद्र अभिव्यक्ति दिएको आरोपमा रास्वपा नेता यादव पक्राउ
रौतहट, २७ साउन । सामाजिक सञ्जालमार्फत आपत्तिजनक तथा अभद्र किसिमको अभिव्यक्ति दिएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रविन्द्र यादवलाई

केपी ओलीलाई फालेझै वालेनलाई सडक आन्दोलनबाट फाल्छौं : विकेश साह
काठमाडौं, २६ साउन । जेनजी आन्दोलन सुरु भएको झण्डै एक वर्ष पुग्नै लाग्दा ‘कमन जेनजी नेपाल’ले प्रधानमन्त्री वालेन्द्र (वालेन) शाह नेतृत्वको

फतुवा विजयपुरमा आगलागी, २० लाख बराबरको सम्पत्ति जलेर नष्ट
रौतहट २५ साउन । रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवामा सोमबार बिहान आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

..jpeg&h=90&w=100)






प्रतिकृया दिनुहोस