ताजा खबर

राष्ट्रिय

सोमबार, श्रावण २५, २०८३

फतुवा विजयपुरमा आगलागी, २० लाख बराबरको सम्पत्ति जलेर नष्ट

SITENAME

 रौतहट २५ साउन । रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवामा सोमबार बिहान आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । हेटौंडा उपमहानगरपालिका–४ निवासी दिपेन्द्र भक्त खरेलको दुधिअवामा रहेको इँटाभट्टा नजिक बनाएको काठको जस्ताले छाएको दुई तले घरमा विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक जानकारी छ । आगलागीबाट जस्तापाताले छाएको काठको दुई तले घर पूर्णरूपमा जलेर ध्वस्त भएको छ । घरमा इँटाभट्टामा प्रयोग हुने सामग्री तथा कामदारका लागि आवश्यक ग्यास सिलिन्डरसमेत भण्डारण गरिएको थियो । खरेलका अनुसार आगलागीका क्रममा भरिएका नौवटा ग्यास सिलिन्डर पड्किएका थिए भने थप ३१ वटा सिलिन्डर भने सुरक्षित रूपमा बाहिर निकालिएको छ । आगलागीमा इँटा बिक्रीबाट प्राप्त करिब दुई लाख रुपैयाँ नगद, तीन तोला सुन, उद्योगसम्बन्धी महत्वपूर्ण कागजात, फर्निचर, खाद्यान्नलगायतका सामग्री जलेर नष्ट भएको खरेलले बताए । खरेलका अनुसार सोमबार बिहान पूजा गरी धूपबत्ती बालेर दूध लिन डेरीतर्फ गएको केही समयपछि घरमा आगलागी भएको थियो। घरबाट धुवाँ निस्किएको देखिएपछि स्थानीयले खबर गरेका थिए । आगलागीपछि बाराको कोल्हवी नगरपालिकाको दमकल तथा सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । समयमै आगो नियन्त्रणमा लिए पनि काठले बनेको घर भने पूर्णरूपमा ध्वस्त भएको छ। 

प्रतिकृया दिनुहोस
SITENAME

सामाजिक सञ्जालमा अभद्र अभिव्यक्ति दिएको आरोपमा रास्वपा नेता यादव पक्राउ

रौतहट, २७ साउन । सामाजिक सञ्जालमार्फत आपत्तिजनक तथा अभद्र किसिमको अभिव्यक्ति दिएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रविन्द्र यादवलाई

SITENAME

केपी ओलीलाई फालेझै वालेनलाई सडक आन्दोलनबाट फाल्छौं : विकेश साह 

काठमाडौं, २६ साउन ।  जेनजी आन्दोलन सुरु भएको झण्डै एक वर्ष पुग्नै लाग्दा ‘कमन जेनजी नेपाल’ले प्रधानमन्त्री वालेन्द्र (वालेन) शाह नेतृत्वको

SITENAME

नुनथरमा साहसिक पर्यटनको नयाँ धमाकास् जिपलाइन र स्काइ साइक्लिङ सञ्चालनमा, छुटको पनि व्यवस्था

रौतहट२५ साउन । रौतहट, सर्लाही, सिन्धुली र मकवानपुरको संगमस्थलका रूपमा रहेको प्रसिद्ध धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थल नुनथर महादेवस्थान