चन्द्रपुुरमा न्यायिक समिति बन्यो

रौतहट २९ पौष । रौतहटको चन्द्रपुर नगरपालिकाको प्रथम सभाले उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गरेको छ । समाले नेपालको संबिधान ०७२ को धारा २१७ मा ब्यबस्था भए अनुसार चन्द्रपुर नगरपालिकाको उपप्रमुख रामरती चौधरीको संयोजकत्वमा अमर बहादुर आले र पासपात चौधरी सदस्य रहेको न्यायिक समिति गठन गरेको छ । सोही सभाले आर्थीक कार्यबिधि नीयमित तथा ब्यबस्थीत गर्न बनेको ऐन ०७४ लाई बहुमतले पारित गरेको छ । चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीको अध्यक्षतामा बसेको बसेको ५५ जनाको नगरसभाले उक्त निर्णय पारित गरेको हो । सो सभामा प्रमुख प्रशासकिय अधिकृत सुरेश दाहाल लगायतका कर्मचारीको उपश्थिती रहेको थियो ।