रौतहटको नदिमा स्काइभेटर प्रयोग गर्न अनुमति

रौतहट २९ पौष । रौतहटको जिल्ला समन्वय समतिलेनै नदिजन्य पदार्थ उत्खननको लागि स्काईभेटर प्रयोग गर्न अनुमति दिएको पाइएको छ । डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले मर्यादपुर सडक निर्माणको लागि निर्माण ब्यबसायी डिएस÷साह जेभी लाई २९५० घनमिटर परिणाम र बगही बलुवा तथा बिजयपुर लक्ष्मिनिया सडक निर्माणको लागि दुर्गा निर्माण सेबा लाई ३९५० घनमिटर परिणामको नदिजन्य पदार्थ उत्खनन गर्न स्काईभेटर प्रयोगको अनुमति दिएको हो । दुबै निर्माण ब्यबसायी लाई बैया खोलाको रागी गर्जा बोटवा नाका बाट स्काईभेटर प्रयोग गरी ढुङ्गा, गिट्टी, बालुवा, उत्खनन गर्न अनुमति दिएको हो । निर्माण ब्यबसायीको माग बमोजिम समितिले बिभिन्न नदिको नाकामा उत्खन्न अनुमति दिएको हो । 
आस्रेय निर्माण सेवाले शुक्रबार देखिनै सर्लाही र रौतहटको सिमा भएर बग्ने बागमती नदिको पौराईमा स्काभेटर प्रयोग गरेर ग्य्राबेल उत्खनन गरिरहेको छ । जिल्ला समन्वय समिति रौतहटले हचुवाको भरमा नदिका नाकामा जथाभाबीरुपमा स्काभेटर प्रयोग गर्ने अनुमति दिएको हो । बिकास निर्माणको बहाना बनाएर जिल्ला समन्वय समितिको पत्रको आधारमा निर्माण ब्यबसायीले नदिजन्य पदार्थको उत्खनन गरी स्टोक राख्ने र त्यसलाई बर्षायाममा महगो मुल्यमा बिक्री गर्नुनै रहेको छ । जथाभाबी स्काभेटर प्रयोग हुदा नदिले धार परिर्बतन गरेर मानबस्तिमा समेत ठुलोक्षती पुरयाउदै आएको अबस्था लाई बिर्सेर बिकास निर्माणको नाममा नदिमै उत्खनन गर्न स्काईभेटर प्रयोग गर्नु दुखद रहेको स्थानीयबासिन्दाले बताएका छन । स्काईभेटरले नदिमा बनाएको खाल्डाखुल्डी समेत सम्याईएको छैन ।