जनज्योति बहुमुखी क्याम्पसको छैठौ साधारण सभा सम्पन्न

रौतहट २७ पौष । रौतहटको चन्द्रपुरमा रहेको जनज्योति बहुमुखी क्याम्पसको आज छैठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । ०५८ सालमा स्थापित जनज्योति बहुमुखी  क्याम्पस चन्द्रपुरको आज भएको सभामा प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले यस क्षेत्रको गौरबको रुपमा रहेको क्याम्पसको बिकासमा लाग्न सबैलाई आब्हान गर्नु भएको छ । क्याम्पसको बृहतरहितमा खुल्ला हृदयले सबैक्षेत्र बाट सहयोग हुनु आबश्यक रहेको उहाले बताउनु भयो । सोही सभामा बिशिष्ट अतिथी चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले क्याम्पसको पुर्बाधार बिकासमा नगरपालिकाले सदैब सहयोग गर्न तयार रहेको बताउनु भयो । यस्तै पुर्ब सभासद देबेन्द्र पटेलले क्याम्पसको बिकासमा राजनैतिक खिचातानी नभई सबैको साथ र सहयोग रहनु पर्ने बताउनु भयो । स्वबियु सभापति संगम श्रेष्ठले क्याम्पस लाई राजनैतिक नजरले नहेरी शैक्षिक नजरले हेरिनु पर्ने बताउनु भयो । सभामा पुर्ब क्याम्पस प्रमुख योगेन्द्र राय यादब, नेपाली काग्रेसका नगर सचिब निलहरी कोईराला, माओबादी केन्द्रका गणेश बस्नेत, एमाले जिल्ला सचिब लक्ष्मण रेग्मि, नेपाल पत्रकार महासंघ रौतहटका सभापति रबिन्द्र साह, लगायतको आतिथ्यता रहेको थियो । क्याम्पसले प्रस्तुत गरेको आर्थीक बर्ष ०७४÷७५को लाग २ करोड २५ लाख ६ हजार १८० रुपैयाको अनुमानित बजेट सो सभाले पारित गरेको छ । सो बजेट क्याम्पसका सहायक प्रमुख गणेश पौडेलले प्रस्तुत गर्नु भएको थियो । क्याम्पस प्रमुख दुर्गा दाहालले शैक्षिक गतिबिधिको बार्षिक प्रतिबेदन ०७४ र संचालक समितिका अध्यक्ष शशी बिनोद काफलेले क्याम्पस बाट गरिएको कार्यको बार्षिक प्रतिबेदन ०७४ प्रस्तुत गर्नु भएको थियो ।  सो सभामा संचालक समितिका सदस्य भुपेन्द्र खडकाले स्वागत मन्तब्य राख्नु भएको थियो । क्याम्पसका अध्यक्ष शशिबिनोद काफलेको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो । संकायगत अनुशासन कायम गरेको भन्दै क्याम्पसले ब्यबस्थापन संकाय तर्फ गोपाल हुमागाई, मानबिकी संकाय तर्फ खेमराज बस्नेत र शिक्षासास्त्र तर्फ दिलमान मोक्तान लाई पुरस्कृत गरिएको थियो ।