लुम्बिनी एकेडेमिक कलेजको क्रिकेट एम्बासडरमा राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामी नियुक्त

रौतहट २१ पौष । लुम्बिनी एकेडेमिक कलेजको क्रिकेट एम्बासडरमा राष्ट्रिय क्रिकेट खेलाडी फास्ट बलर सोमपाल कामी नियुक्त भएका छन् । कलेज परिसरमा बुधबार आयोजित कार्यक्रममा कलेजका म्यानेजिङ डाइरेक्टर एवम् प्रिन्सिपल रविनचन्द्र कोइराला र राष्ट्रिय क्रिकेट खेलाडी फास्ट बलर सोमपाल कामी बीच सम्झौतापत्रमा हस्ताक्षर  भएपछि उनी कलेजको तर्फ बाट एम्बासडरमा नियुक्त भएका हुन । कामीले लम्बिनी एकेडेमीसँग आबद्ध हुन पाउँदा खुशी भएको प्रतिक्रिया दिएका छन । उता कलेजका प्रिन्सिपल रविनचन्द्र कोइरालाले भने सोमपाल कार्मी लाई एम्बासडरमा नियुक्त गर्न पाएकोमा कलेज प्रशासन खुशि भएको बताउनु भयो । एम्बासडर कामी र कलेज मिलेर बिद्यार्थीको बिकासमा सहयोग पुरयाउन कटिबद्ध रहने आयोजित कार्यक्रममा जानकारी गराइएको छ ।