रौतहटमा नीलगाई मारिने क्रम बढदो

रौतहट १८ पौष । रौतहटको गरुडा नगरपालिका–८ जिगडियामा आज निलगाई मारेको अबस्थामा प्रहरीले बरामद गरेको छ । सो स्थानमा रहेको शिबानी पेट्रोल पम्पको पछाडी रहेको पोखरीको डिलमा निलगाई मारेर भागबण्ड गर्न लागेको अबस्थामा प्रहरीले बरामद गरेको हो । काटमारमा संलग्न रहेकाहरु फरार रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । उक्त निलगाई लाई प्रहरी, बन कर्मचारी र स्थानीयको रोहबरमा सोही स्थानमा खाल्डो खनेर गाडिएको जनाइएको छ ।जङ्गल बाट बस्ति पसेका नीलगाई लगायतका बन्यजन्तु पछिल्लो समयमा असुरक्षित हुदै आएको छ । बनजङ्गल पातलिएसंगै बन्यजन्तुहरु बस्ति प्रबेश गरेको पाइएको छ । नीलगाई, हरिण, बदेल, मृग लगायतका जङ्गली जनाबरहरु जङ्गल नजिकैको खेतबारीमा चर्न निस्केसंगै बस्ति प्रबेश गर्दै आएको छ ।