राजपा नेपालको केन्द्रिय कार्यालय तोडफोड

रौतहट १४ पौष । प्रदेश सभा सदस्यको समानुपातिक सदस्यमा मधेशी निजामति कर्मचारी मञ्चका पूर्व अध्यक्ष नपरेको भन्दै राजपा नेपालको पार्टी कार्यालयमा तोडफोड भएको छ । काठमाण्डौको बबरमहल स्थित राजपा नेपालको केन्द्रिय कार्यालयमा रहेको साईनबोर्ड, कुर्सी सहित अध्यक्ष मण्डलका नामहरु तोडफोड गरेका छन । सिंहलाई प्रदेशसभा सदस्यमा नाम राख्ने शर्तमा मञ्चबाट राजीनामा गर्न लगाइएको जनाइएको छ । मधेशी निजामति कर्मचारी मञ्चका पूर्व अध्यक्ष विनोद सिंहलाई समानुपातिक सदस्यमा समावेश नगरेको भन्दै कार्यालय तोडफोड र बिरोधमा उत्रेका हुन । मधेशी निजामती कर्मचारी मञ्चले राजपा नेपालको केन्द्रिय कार्यालय रहेको मधेश भवन निमार्ण गरेको हो । भवन लाई मधेश भवन नामाकरण गरी राजपालाई पार्टी कार्यालय सन्चालनका लागि भाडामा दिएको जनाइएको