एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा भारत माथि नेपालको सानदार जीत

 
रौतहट  २६ कार्तिक । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा भारत लाई नेपालले पराजित गरेको छ । भारत नेपालसँग १९ रनले पराजित भएको छ । पहिले ब्याटिङ्ग गर्दै नेपालले दिएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा ४८.१ ओभरमा १६६ रन बनाउँदै भारत अल आउट भएको हो । जितका लागि नेपालका खेलाडी दीपेन्द्रसिंह ऐरीले ४, पवन सरार्फ २, सहब आलामले २ विकेट लिएका हुन भने ब्याटिङतर्फ कप्तान दीपेन्द्र सिह ऐरीले १०१ बलमा ८८ रन बनाएका हुन । मलेसियाको बायुमास रंगशालामा भएको खेलमो टस जितेर नेपालले शुरुवाती ब्याटिङ गरेको हो । ५० ओभरमा ८ विकेटको क्षतिमा नेपालले १८५ रन बनाएको थियो । नेपालका लागि कप्तान दिपेन्द्रसिंहले ८८ रनका लागि १०१ बलमा ६ चौका र २ छक्का प्रहार गरे । जितेन्द्रसिंह ठकुरीले ३६ र भीम सार्कीले १५ रन मात्र बनाएका हुन । नेपाललाई समूह चरण पार गर्न भारतलाई पराजित गर्नै पर्ने दबाब थियो । भारतका लागि अभिषेक शर्मा र आदित्य ठाकरेले दुई, दुई विकेट लिए । एसीसी–१९ एसियाकपमा ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल रहेको समूह ’ए’ मा नेपाल सहित भारत, बंगलादेश र मलेसिया छन् । समूह ’बी’ मा श्रीलंका, अफगानिस्तान, पाकिस्तान र युएई रहेका छन् ।