नेसनल जुनियर टेनिस प्रतियोगितामा संरक्षक भूषण र मायंका च्याम्पियन

साउन  । पहिलो एनएलटीए नेसनल जुनियर टेनिस प्रतियोगिताअन्तर्गत् १८ वर्षमुनिको पुरुष एकलतर्फ नेपाल नम्बर–१ संरक्षकभूषण बज्राचार्य च्याम्पियन बनेका छन् ।
ललितपुरको सातदोबाटोस्थित अल नेपाल टेनिस एसोसियसनको टेनिस कोर्टमा शनिबार भएको फाइनलमा पहिलो र दोस्रो सेट क्रमशः ६–१ र ६–३ ले जितेका संरक्षकले तेस्रो सेटमा नेपाल नम्बर–२ प्रनभ खनाल चोटग्रस्त हुँदै खेल छाडेपछि च्याम्पियन बनेका हुन्।
प्रतियोगिताअन्तर्गत् नै १८ वर्षमुनिको महिला एकलतर्फ माहिका राणलाई हराउँदै मायंका राणा पहिलो भइन् भने १६ वर्षमुनिको पुरुष एकलतर्फ प्रनभ खनाललाइ हराउँदै संरक्षकभूषण बज्राचार्य पहिलो हुँदा महिलातर्फ सलोनी तामाङलाइ पराजित गर्दै प्रेरणा कोइराला पहिलो भइन् ।
प्रतियोगिताअन्तर्गत् १२ वर्षमुनिको पुरुषतर्फ आर्यन गिरी पहिलो हुँदा प्रनभ मानन्धर दोस्रो भए ।
अल नेपाल टेनिस एसोसिएसनको आयोजनामा साउन १४ गतेदेखि सुरु भएको प्रतियोगितामा ८, ९, १०, १२, १४, १६ र १८ वर्षमुनि गरी कुल ८ विधामा महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।