दक्षिण कोरियामा अहिलेसम्मकै शक्तिशाली भूकम्प गयो

भाद्र २७ । दक्षिण कोरियामा ‘अहिलेसम्मकै’ शक्तिशाली भूकम्प गएको स्थानीय समाचार माध्ययमले जनाएका छन् ।
सोमबार दक्षिण कोरियाको दक्षिणपूर्वी सहरमा पहिलो ५।१ म्याग्निच्यूडको भूकम्पीय धक्का महसुस भएको र यसको करिब एकघन्टाको अन्तरमा सोही क्षेत्रमा ५।८ म्याग्निच्यूडको भूकम्प गएको कोरियाली मौसम विभागले जनाएको छ ।
 
स्थानीय समयअनुसार सोमबार साँझ करिब ८ः३० बजे गएको भूकम्पको केन्द्रबिन्दू गेएङजु सहरमा रहेको ‘युएसजीएस’ले जनाएको छ ।
 
भूकम्पबाट आत्तिएका कोरियालीहरू घर तथा कार्यस्थलबाट खुला ठाउँतिर दौडिएका दृश्यहरू स्थानीय समाचार माध्ययमले देखाएका थिए ।
 
 
भूकम्पका कारण के–कति क्षति भयो भन्ने विषयमा विस्तृत विवरण आइनसकेको बताइएको छ ।