२० यात्रु बोकेको भारतीय विमान बेपत्ता

साउन ७ । २० जना यात्रु बोकेको भारतीय बायु सेनाको विमान बेपत्ता भएको छ ।विमान वंगालको खाडीमाथिबाट सम्पर्क्विहिन भएको निगमले पुष्टी गरेको छ । भारतीय वायु सेनाको एन्टोनोभ–३२ एयरक्राफ्टको विमान भारतको दक्षिण क्षेत्र चेन्नईको तम्बरामबाट बिहान पौने ९ बजे उडेको थियो ।विमान पुर्वी पोर्ट ब्लेरमा साढे ११ बजे विमान अवतरण हुनुपर्ने थियो।

भारतको जल सेना र वायु सेनाले संयुक्त रुपमा वेपत्ता विमानको खोजीका लागि उद्दार अपरेसन सुरु गरेका छन् ।भारतीय वायू सेनासँग यस्तो बिमान १ सय वटा भन्दा बढी छ ।