अफगानिस्तानमा शक्तिशाली भूकम्प गयो

कार्तिक ९ । अफगानिस्तानमा सोमबार दिउँसो ७.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको असर भारत र पाकिस्तानका विभिन्न सहरमा परेको छ । भूकम्पको धक्का नेपालमा पनि महसुस भएको छ ।

भूकम्पले पाकिस्तानमा धेरै क्षति भएको जनाइएको छ । पाकिस्तानमा भूकम्पका कारण १६ जनाको तथा भारतमा दुईजनाको मृत्यु भएको प्रारम्भिक खबर छ । इस्लामावादमा करिब दुई मिनेटसम्म भवनहरु हल्लिएको जनाइएको छ ।