भागदौड मच्चिँदा साउदी अरबमा ३ सय भन्दा बढीको मृत्यु

असोज ७ । साउदी अरबको मक्कामा हजका क्रममा भागदौड हुँदा ३ सय १० जना बढीको मृत्यु भएको छ । सैतानको प्रतिमूर्तिलाई ढुंगा बर्साउने क्रममा बिहीबार भएको भागदौडका क्रममा ४ सय ५० जना बढी हजयात्री घाइते भएका छ्न् ।

स्थानिय समाचार एजेन्सी का अनुसार मक्काको मीनामा सैतानलाई ढुंगा हान्ने रित पुरा गर्ने क्रममा  भागदौड मच्चिएको थियो । केही दिनअघि पनि मक्कामा अल(हरम मस्जिदमाथि क्रेन खस्दा भएको दुर्घटनामा कम्तिमा एक सय जनाको ज्यान गएको थियो ।

मुस्लिम धर्मावलम्बीले विश्वास गरेअनुसार मक्काको बाहरी भागमा सैतानलाई ढुंगा हान्ने चलन छ । मक्कामा ढुंगा हान्नुलाई सैतानको विरोधको प्रतिकका रुपमा लिइन्छ ।

सैतानको प्रतिकका रुपमा रहेका तीनवटा विशाल खम्बा ठड्याइएको हुन्छ । यही स्थानका ती खम्बामा हजयात्री ढुंगा जम्मा गरेर बर्साउँछन् ।