हाम्रो बारेमा

 
गुञ्जन एफएमको परिचय ः
 
पवित्र नदी बागमतीको तीर र मनोरम प्राकृतिक छटा युक्त चुरे श्रृंखलाको काखमा अवस्थित चन्द्रनिगाहपुर परापूर्व कालदेखि नै नित्य निरन्तर स्वतन्त्रता र विकासको मार्गमा अग्रसर रही रौतहट जिल्लाकै गौरवको रुपमा स्थापित हुन प्रयत्नशील छ । भाषा, साहित्य, कला संस्कृति जस्ता  मानव जीवनका सर्वोपरी महत्वका बिषयहरु मार्फत आप्mनो आजश्वी पहिचान कायम गर्न उत्सुक चन्द्रनिगाहपुरले समयका हरेक आयामहरुमा यहाँका उत्साही युवाहरुको अग्रणी योगदान पाउँदै आएको छ र भविष्यमा पनि यो क्रम यथावत् रहने यथार्थप्रति विश्वस्त रहन सकिन्छ । 
स्थानीय सीप, साधन र श्रोतको पहिचान गरी विकासको गतिलाई निरन्तरता दिन स्थानीय ब्यक्तिहरुकै भुमिका सर्वोपरी रहने मान्यतालाई हृदयंगम गर्दै सूचना, संगीत र मनोरञ्जनका माध्यमवाट जुर्मुराउदो शक्तिको सहयोगी बन्ने उद्देश्यका साथ स्थापित गुञ्जन एफएम १०५.३ मेगाहर्ज यहाँका उत्साही तथा जागरुक युवाहरुको सिर्जनशिलताका माध्यमले समाजिक रुपान्तरण गर्ने प्रयासको परिचायक हो । 
 
कुनै पनि वाद, विवाद, जाती, धर्म र सम्प्रदायहरुवाट निरपेक्ष रही स्वच्छ र यथार्थ सूचना जनसमक्ष पस्किदै, सञ्चार जगतको मर्यादालाई उच्च वनाउँदै गुञ्जन एफ.एम. निर्भिक, निरभीमानी र निष्पक्ष रहन प्रतिवद्ध छ । गुञ्जन एफएमको प्रशारण रौतहट जिल्लासँगै सर्लाही, बारा, पर्सा, मकवानपुर, धनुषा, महोत्तरी, सिन्धुली ललितपुर र काभ्रेको दक्षिण भेग, रामेछाप र छिमेकी राष्ट्र भारतको बिहार राज्यको उत्तरी क्षेत्रसम्म पुगेको छ । हामीले प्रशारण गर्दै आएको गीतसंगीत र सूचनामुलक कार्यक्रमहरु श्रोताहरुले ज्यादै मन पराएका प्रतिक्रियाहरु आइरहेका छन् । श्रोताहरुले टेलिफोनमा व्यक्त गरेका प्रतिकृया, पठाएका पत्रहरु र इमेलमा आएमा प्रतिक्रियाले यस रेडियो जनप्रिय हुँदै गएको कुरालाई पुष्टि गर्दछ । वास्तवमा गुञ्जन एफ.एम. ती तमाम मानिसहरुको साझा संस्था हो, जो एकता, कर्मठता, गतिशिलता र पारदर्शितामा विश्वास गर्दछन् । 
 
चर्चित र लोकप्रिय कार्यक्रम ः 
रेडियोबाट प्रत्येक बिहान साँढे ६ बजे र साँझ ६ बजे प्रशारण हुने गुञ्जन खबर यस क्षेत्रमा ज्यादै लोकप्रिय छ । यसका अलावा प्रतिभा चौतारी, मलाई केही भन्नु छ, फ्रेण्डसीप, योर च्वाइस, महिला सन्दर्भ, रोचक संसार, श्रृजना चौतारी, मनपसन्द, संगीत बहार, बलिउड हंगामा, फिल्मी काउण्ट डाउन, उल्टोपाल्टो, घरसंसार, कलिउड हंगामा, म्युजिक अन डिमाण्ड, एसएमएस इन बक्स, लोक सुसेली, मुड फ्रेस, मिसकल फण्डा, अमर व्यक्तित्व, विचार विमर्श, उहिलेका कुरा, उमर भाका, खुल्दुली डट कम, गजल यात्रा, ट्यालेन्ट शो, बाल चौतारी, तामाङ रिमठिम, ज्याकपोट कोइसन एन्सर, स्वास्थ्य सन्देश, शैक्षिक सरोकार, कृषि सेरोफेरो, गुञ्जन बिहानी, समय सन्दर्भ जस्ता कार्यक्रम लोकप्रिय रहेका छन् ।